बालेनको भारत भ्रमण पूर्णरुपमा असफल : दाहाल
नेपाली कम्युनिष्ट पार्टी
काठमाडौं । नेकपा नेता राजन दाहालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पूर्णरुपमा असफल भएको बताएका छन् ।
उनले प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निम्तो मागेर गएको पनि टिप्पणी गरे ।
प्रधानमन्त्री शाहले भारतसँग नेपाली जनताका समस्या, राष्ट्रको समस्या र राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय नउठाएको भन्दै आपत्ति जनाए ।
नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रक्रियादेखि, पञ्चेश्वर परियोजना निर्माण प्रक्रिया सुरु गर्ने, सीमा अतिक्रमण लगायतका मुद्दा उठाउनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, नेपाली जनता झुक्किएर गत निर्वाचनमा गलत निर्णय लिएको उनले बताए ।
‘जनता झुक्किएपछि गलत निर्णय लिन्छन् । जनता कहिलेकाहीँ भ्रममा पर्छन् । जनता इतिहासका निर्माता हुन् । जनताले पार्टी बनाउँछन्, जनताले नेता बनाउँछन्,’ उनले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
