चितवनको वन्यजन्तु पर्यटन निकुञ्जबाहिर फैलिँदै (तस्वीरहरू)
फोटोफिचर
चितवन । एकसिङ्गे गैँडा, पाटेबाघ, चित्तल, गोही र विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु पर्यटनको प्रमुख गन्तव्य हो ।
तर चितवनको वन्यजन्तु पर्यटन अब निकुञ्जको मुख्य क्षेत्रमै सीमित छैन । निकुञ्जबाहिरका सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वनले पनि पर्यटकलाई आकर्षित गर्न थालेका छन् ।
वन्यजन्तु अवलोकन, जंगल सफारी र प्राकृतिक सौन्दर्यको अनुभव लिन चाहने पर्यटकका लागि यी वनक्षेत्र नयाँ गन्तव्यका रूपमा विकसित हुँदैछन् । सामुदायिक वनले प्रकृति पर्यटनको सम्भावना विस्तार गर्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना गरेका छन् ।
वन्यजन्तुको बासस्थान संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउँदै आएका सामुदायिक वन चितवनको पर्यटन विविधीकरणका आधार बन्न थालेका छन् ।
यसले वन संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउनुका साथै चितवनको पर्यटनलाई निकुञ्जकेन्द्रित सीमाबाट बाहिर विस्तार गर्न सहयोग पुर्याएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
















