रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता, के-के भयो कुराकानी?
बिशेष
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ।
लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसक्रममा भएका उपलब्धिबारे जानकारी गराएका थिए।
भेटमा आगामी निर्वाचनको तयारी, रास्वपाको प्रशिक्षण अभियान, मन्त्री तथा मन्त्रालयका कामकारबाही र सरकारको समग्र कार्यसम्पादनबारे पनि छलफल भएको बताइएको छ।
त्यस्तै, अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत दुई नेताबीच कुराकानी भएको जनाइएको छ। भेटलाई आत्मीय र सौहार्दपूर्ण भनिए पनि छलफलका थप निष्कर्ष सार्वजनिक गरिएको छैन।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
