`

हेर्नुहोस् मन्त्रिहरूको मर्यादाक्रममा उलटफेर!

Nepal One HD १० मंसिर २०८३ १६:३५
बिशेष
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को शक्ति सन्तुलनमै फेरबदल गरेका छन्।
पार्टीभित्र उपसभापति बनेकी सोबिता गौतमलाई मन्त्रिपरिषद्मा पनि तेस्रो वरीयतामा उकालिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नयाँ मर्यादाक्रम तथा कार्यविभाजन स्वीकृत गरेका हुन्।

यसअघि सातौँ वरीयतामा रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतम एकैपटक चार स्थान माथि उक्लिएकी छन्। यससँगै उनी मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछिको तेस्रो वरीयतामा पुगेकी छन्। यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल अब चौथो वरीयतामा झरेका छन्।

गौतमको वरीयता बढेसँगै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साल पनि एक–एक स्थान तल झरेका छन्। पार्टीको महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतमलाई पार्टीभित्रको वरीयताअनुसार सरकारमा समेत माथिल्लो स्थान दिइएको देखिन्छ।

नयाँ कार्यविभाजनअनुसार प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन्। अर्थ मन्त्रालयको नेतृत्व डा. स्वर्णिम वाग्लेले पाएका छन् भने गृहमा सुधन गुरुङ, परराष्ट्रमा शिशिर खनाल र कानुन मन्त्रालयमा सोबिता गौतम यथावत् जिम्मेवारीमा छन्।

त्यस्तै, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, विज्ञान तथा प्रविधिमा महावीर पुन, पूर्वाधार विकासमा सुनिल लम्साल र स्वास्थ्यमा निशा मेहतालाई जिम्मेवारी दिइएको छ।

मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम र कार्यविभाजनले सरकारभित्रको शक्ति सन्तुलनमा पार्टीको संगठनात्मक हैसियतलाई समेत प्राथमिकता दिएको संकेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *