अमरेश सिंहलाई कालो झण्डा
बिशेष
काठमाडौं। मेची–महाकाली पदयात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहलाई सर्लाहीको मलंगवामा कालो झण्डा देखाइएको छ।
मलंगवा नगरपालिका–१० स्थित टावर चोकमा दुई जनाले सिंहलाई कालो झण्डा देखाउँदै विरोध जनाएका हुन्। घटनालगत्तै प्रहरीले उनीहरू दुवैलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै जनासँग घटनाबारे सोधपुछ भइरहेको छ। कालो झण्डा देखाउनुको कारण र घटनाको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
