`

सरकारमा जाने राप्रपाको निर्णय

Nepal One HD १३ पुष २०७९ १६:५५
राजनीति

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा जाने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुनेबारेमा अनिर्णित हुँदै आएको थियो। तर, आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय भएको एक नेताले जानकारी दिनुभयाे ।


प्रतिक्रिया