सरकारले उखुको समर्थन मुल्य नतोकेपछि उधारोमै उखु बिक्री गर्न बाध्य


बारा । उखुको क्रसिङ सिजन सुरु भइसक्दा पनि सरकारले उखुको समर्थन मूल्य निर्धारण नगर्दा किसान मारमा परेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखुको समर्थन मुल्य नतोकेपछि पर्सा र बाराका किसानले उधारोमै चिनी मिललाई उखु बिक्री गर्न थालेका छन् । सरोकारवाला निकायसँग छलफल गरेर मूल्य निर्धारण गर्ने भनिए पनि मन्त्रालयले अझै मूल्य प्रस्ताव नगरे पछि मुल्य विना नै मिललाई किसानले उखु दिएका हुन् ।
बारा र पर्साका किसानलाई यति बेला उख बिक्री गर्ने चटारो छ । उखुको मौसम सकिन थालेसँगै उखु खेतमा नै सुक्ने डरले किसानले समर्थन मुल्य विनानै चिनि मिलमा उखु पुर्याइरहेका छन् । मंसिर दोसो साता पछिको उखु रसिलो भएकोले उखुको तौलमा बढि आउने र मंसिर पछि भने रस सुक्ने र तौल कमि हुने गर्दछ । त्यसैले उखु बिक्री गर्दा झनै घाटा हुने डरले यस बर्ष पनि उद्दारो मूल्यमै उखु बेच्न बाध्य भएका उखु किसान वृजमोहन पाण्डे बताउछन् ।
अर्का उखु किसान विग्ल पाल भन्छन् हरेक बर्ष दोसो साता देखि सञ्चालनमा आउने चिनी मिल यस बर्ष पुसको अन्तिम सातामा सञ्चालनमा आएको छ । एक महिना ढिलाई गरि सञ्चालनमा आएपनि सरकार अहिले सम्म उखुको समर्थन मुल्य तोकेको छैन । हामी किसान धेरै मारमा परेको छौँ ।
समयमा उखुको मूल्य निर्धारण नहुँदा किसानको उखु बिक्री नहुने र उपभोक्ताले महंगो बजारमा मूल्यमा चिनी खरिद गर्नुपरेको छ । बजारमा प्रतिकिलो चिनीको मूल्य एक सय रुपैयाँ रहेको छ । वैज्ञानिक र व्यवहारिक ढंगले उखुको मूल्य निर्धारण गरिने मन्त्रालयले जानकारी दिएको छ । प्रत्येक वर्ष सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।