`

राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री दाहाल र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता

Nepal One HD ९ माघ २०७९ १४:२३
राजनीति

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

अहिले उहाँहरुबीच भेटवार्ता जारी छ ।

आज मात्रै नेपाली कांग्रेसले माघ २८ सम्म राष्ट्रपतिको निर्वाचन गराउनुपर्ने भन्दै सरकार र आयोगको ध्यानाकर्षण गर्ने निर्णय गरेको थियाे ।


प्रतिक्रिया