`

विद्यार्थी संघलाई चुनावमा जिताउन पार्टीका सम्पूर्ण संगठनलाई लोसपाको निर्देशन

Nepal One HD २८ माघ २०७९ १६:३२
प्रमुख खबर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले स्ववियु चुनावमा आफ्नो भातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघलाई सहयोग गर्न पार्टीका सम्पूर्ण संगठनलाई निर्देशन दिएको छ । स्ववियुको निर्वाचनमा लोकतान्त्रिक विद्यार्थी संघलाई निर्वाचनको लागि आवश्यक तयारी गर्न र विशेष रुपमा सक्रिय भइ चुनाव जिताउन संघमा आवद्ध नेता तथा कार्यकर्ताहरुलाई लोसपाले निर्देशन दिएको हो ।

लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संघले देशका सम्पूर्ण कलेजमा उम्मेदवारी दिने तयारी गरिरहेको छ । उक्त संगठनले विचार र सिद्धान्त मिल्ने अन्य विद्यार्थी संगठनसँग तालमेलका लागि पनि पहल गरिरहेको छ ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुने भएको छ । विसं २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशैभरी त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस ९आरआर०, जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन नसकेको थिएन । त्रिबीमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचन २८ वर्ष उमेरहदवन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।


प्रतिक्रिया