स्कटल्याण्डले नेपाललाई दियो २१३ रनकाे चुनौती,सन्दीपको आक्रमक ४ विकेट

NepalOne ९ फागुन २०७९ १२:४८
खेलकुद

काठमाडौं / आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड सुरुबाटै दबाबमा परेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका छन् ।

केहीबेरपछि नेपालले जवाफी ब्याटिङ गर्नेछ ।


प्रतिक्रिया