`

राष्ट्रपतिको उम्मेदवार टुंग्याउन साँझ ५ बजे फेरि चार दलको बैठक बस्ने

Nepal One HD १२ फागुन २०७९ १२:५६
प्रमुख खबर

काठमाडाैँ – चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलले साँझ ५ बजे फेरि बैठक बस्ने भएका छन्। 

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरूको बैठकले साँझ पाँच बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंग्याउने सहमति गरेका हुन्। 

‘यसबीचमा हामी आ-आफ्नो पार्टीभित्र आन्तरिक छलफल गर्छौं,’ बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले भन्नुभयाे। 


प्रतिक्रिया