`

प्रदेश सरकारका विषयमा कुनै निर्णय भएको छैन : विष्णु पौडेल

Nepal One HD १५ फागुन २०७९ १५:०७
राजनीति

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको बताउनुभएकाे छ । संघीय सरकारबाट बाहिरिने र समर्थन फिर्ता हुने निर्णय मात्र भएको पौडेलले बताउनुभयाे ।

‘हामीले संघीय सरकारबाट बाहिरिने निर्णय गरेका छौं । सरकारलाई दिएको समर्थन फिर्ता समेत लिएका छौं’  पौडेलले भन्नुभयाे, ‘प्रदेश सरकारका विषयमा कुनै छलफल वा निर्णय भएको छैन । प्रदेश सरकार तत्काल यथावत रहन्छन् ।’

प्रदेश सरकारका विषयमा भने एमालेले परिस्थिति हेरेर निर्णय गर्ने तयारी गरेको छ । एमालेबाट प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा हिक्मत कार्की र गण्डकी प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री छन् । अरु प्रदेशमा तत्कालीन सात दलीय गठबन्धनबाट सरकारमा सहभागी भएको छ ।


प्रतिक्रिया