यू–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

खेलकुद

काठमाडौं / आईसीसी यू–१९ विश्वकप छनोटमा नेपालले मलेसियामाथि सानदार जित दर्तो गरेको छ । मलेसियालाई १० विकेटले पराजित गर्दै नेपालले लगातार चौथो जित निकालेको छ । पहिलो ब्याटिङ गर्दै मलेसियाले नेपाललाई ७३ रनको झिनो लक्ष्य दिएको थियो ।
७३ रनको लक्ष्य पुरा गर्दा नेपालले कुुनै पनि विकेट नगुमाएर ९ ओभरमै लक्ष्य पूरा गरेको हो । नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै २९ रन बनाए । त्यस्तै अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौका सहित २५ रन बनाए ।
नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । अब नेपाल र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।
प्रतिक्रिया
ताजा अपडेट