नेकपा एसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने
प्रमुख खबर
काठमाडौं, १७ फागुन-नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।बुधबार बसेको सचिवालय बैठकले आठ दलका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका पौडेललाई मतदान गर्ने निर्णय गरेको महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पौडेललाई सहयोग गर्ने निर्णय अहिलको सन्दर्भमा उपयुक्त भएको निष्कर्ष पनि बैठकले निकालेको छ ।एकीकृत समाजवादीको संघीय संसदमा १८ जना र प्रदेशसभामा २५ जना सांसद छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
