इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै

NepalOne १८ फागुन २०७९ ७:३८
खेलकुद

काठमाडौ‌, १८ फागुन । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित दर्ता गरेको छ। 

आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षस्थान कायमै राखेकाे हाे  । 

इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको खेलमा घरेलु टोली आर्सनलले  ४०औं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीले गोल २–० को अग्रता दिलाए  भने ७१औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० ले थप अघि बढाए । 

८०औं मिनेटमा मार्टिनेलीले इडवार्ड एनकेइटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको फराकिलो जितलाई सुनिश्चित गरिदिए ।

जित पछि शीर्षस्थानसहित आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ भने पराजित एभर्टन २१ अंक जोडेर १८औं स्थानमा सिमित छ ।


प्रतिक्रिया