हामीले सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेका छौँ, वार्ता सकारात्मक आएको छ : पृथ्वी सुब्बा गुरुङ
प्रमुख खबर
काठमाडौँ – नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूसँग भएकाृे भेटवार्ता सकारात्मक रहेको बताएका छन् ।
आज नेकपा एसको पार्टी कार्यलयमा भएको भेटवार्ता पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव गुरुङले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेका छौँ। अहिलेको चुनौतीको बीचमा दुई पार्टीलाई एक गर्ने कुरामा हामीबीच एक खालको सहमति भएको छ। यही अवसरलाई समातेर हामी फेरि पनि भेटघाट र छलफल अगाडि बढाउने दुई पक्षबीच साझा सहमति भएको छ।’
राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङको पक्षमा नेकपा एससंग राष्ट्रपतिमा भोट माग्ने अभियानमा पहिलो पटक नेकपा एसको कार्यालयमा आएर अध्यक्षसहित सबै पदाधिकारीसँग कुरा गरेको बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
