गठबन्धनसँग रेशमको माग : श्रीमतीलाई उपप्रधानमन्त्रीसहित, सुदूरपश्चिममा डेढ वर्ष सरकार पाउनुपर्ने

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चाैधरीलाई भेट्न बिहीबार राष्ट्रपतिका उम्मेदवार एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल डिल्लिबजार कारागार पुग्नुभएकाे छ ।
आठदलीय गठबन्धनमा समावेश भएकाे नाउपालका अध्यक्ष भेट्न कारागार पुग्नुभएका पाैडेललाई रेशम चाैधरीले ८ वटा माग अगाडि सार्नुभएकाे छ ।
चाैधरीले राष्ट्रपतिमा नयाँ बनेकाे आठदलीय गठबन्धनले माग पूरा गरे मात्र सघाउने चेतावनी दिएकाे नाउपाका एक नेताले बताउनुभयाे । उहाँले एमालेसहितकाे गठबन्धन ताेडेर काँग्रेससहितकाे गठबन्धनमा अाउनु अाफ्ना माग पूरा गर्न रहेकाे बताउनुभयाे । ती नेताका अनुसार चाैधरीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने प्रस्ताव अघि सार्नुभएकाे छ ।
नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री मागका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ । सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश नराख्नु पर्ने रेशमको माग छ । नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ छ ।
यस्तै सुदूरपश्चिमको राजधानी धनगढी बनाउनुपर्ने उहाँको माग छ । यस्तै कैलालीको टीकारपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न माग रेशमले माग अगाडि सार्नुभएकाे छ । आठ दलीय गठबन्धनमा केन्द्रमा उपप्रधानसहित सहरी विकास मन्त्रालय र एक राज्यमन्त्री माग चाहिने उहाँको माग छ ।