`

सीके राउतसँग सुवास नेम्वाङकाे भेट

Nepal One HD १९ फागुन २०७९ १६:४५
राजनीति

काठमाडौँ – नेकपा एमालेबाट राष्ट्रपति पदका लागि उम्मेदवार सुवास नेम्बाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार दिउँसो बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा नेम्बाङले भेटवार्ता गरेका हुन् । भेटमा नेम्वाङसँगै कृष्णगोपाल श्रेष्ठ, पृथ्वीसुब्बा गुरुङलगायत नेताहरु सहभागी थिए । भेटका क्रममा राष्ट्रपतिमा सहयोग गर्न नेम्वाङले राउतलाई आग्रह गरेका छन् ।

नेम्वाङले आजै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदैछ ।


प्रतिक्रिया