`

ओखलढुंगामा जिप दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ११ घाइते

Nepal One HD २१ फागुन २०७९ ११:०९
प्रमुख खबर

ओखलढुङ्गा – ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । प्रहरी कार्यलयको अनुसार दुर्घटनामा परी ११ घाइते भएका छन् । तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।


प्रतिक्रिया