प्रचण्ड विरुद्ध मुद्दा लगाउनु माओवादीलाई गिज्याउनु – बाबुराम भट्टराई
राजनीति
काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा लगाउनु माओवादीलाई आक्रमण गर्न खोज्नु र गिज्याउनु भएको बताएका छन् ।
आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो रु यो निहुँ खोज्या हैन रु
माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताए । उनले भने “हामीले आफना कमीकमजोरीलाई छोडेर राम्रा पक्षसहित एकता कायम गर्नुपर्छ । त्यसका लागि छलफल र समीक्षा गरौँ । माओवादीहरू नयाँ ढङ्गबाट एक हुन हुनुपर्छ । ” उनले मिल्न सक्नेबीच एकता गर्नुअघि मोर्चा बनाएर छलफल गर्नुपर्ने बताए ।
उनले माओवादीबीच एकता हुन नसक्दा यसअघि नै धेरै कुरा गुमाउन परेको गुनासो गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
