यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमयदर सार्वजनीक गरेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा  र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। 

युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८ पैसा  र बिक्रीदर १३९ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । 

यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ २५ पैसा र बिक्रीदर १५७ रुपैयाँ ९७ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८ पैसा र बिक्री भने ८८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५८ पैसामा कारोबार भइरहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरिएको छ। 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ तोकेको छ।

यसैगरी, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ।

मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ २० पैसा र बिक्रीमा २९ रुपैयाँ ३३ पैसा कायम गरिएको छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १ पैसा छ भने  बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३९ पैसामा किनबेच भईरहेको छ।

nepalone