`

राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो स्वार्थमा ठेस लागेपछि राष्ट्रपतिविरुद्ध बकवास गर्छन् : अध्यक्ष ओली

Nepal One HD २४ फागुन २०७९ १३:३४
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् ।


बुधबार अखिल नेपाल महिला संघद्वारा आयोजित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक स्वार्थ प्रेरित व्यक्तिहरूले प्रथम महिला राष्ट्रपतिको मर्यादाको ख्याल नगरेको उनले टिप्पणी समेत गरेका छन् ।

उनले भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो स्वार्थमा कतै ठेस लाग्दा वा आफ्नो सङ्कीर्ण, छुद्र स्वार्थ पुरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको मर्यादा नगरेर बकवास गरेका हुन सक्छन्। ती कुराको खास अर्थ छैन। आज हामीले गौरव गर्नुपर्छ विद्यादेवी भण्डारी जस्तो नेतृ तपाईँहरूको आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियत सफलतापूर्वक नेतृत्व गर्नुभयो।’


प्रतिक्रिया