`

महेश बस्नेतले राखे बालेन साहसँग यस्तो प्रस्ताव

Nepal One HD २४ फागुन २०७९ २०:५२
राजनीति

भक्तपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत भेटवार्ता भएको छ ।

बुधबार भक्तपुरको गुण्डुस्थित नेता बस्नेत निवासमा साह पुगेका हुन् । साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो । 

मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरे । 

स्मार्ट सिटी, भक्तपुरमा सुविधासम्पन्न ठूलो अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न काठमाडौँ महानगरपालिका र सूर्यविनायक नगरपालिकालाई आर्थिक तथा भौतिकरूपमा सम्पन्न गराउन सहकार्यका गर्न नेता बस्नेतले राखेको प्रस्तावमा बालेनले त्यस्ता कार्यमा सहकार्य गर्दै जाने बताए ।


प्रतिक्रिया