`

जसपा सांसद राजकिशोर भन्छन्– उपराष्ट्रपतिको उम्मेदवार रामसहाय यादव

Nepal One HD २५ फागुन २०७९ १८:३०
राजनीति

काठमाडौं, २५ फागुन । जसपाले उपराष्ट्रपतिको उम्मेदवारको रुपमा रामसहाय यादवलाई अघि सारेको छ ।

३ चैतमा हुने उपराष्ट्रपति पदको उम्मेदवारको रुपमा रामसहाय यादवलाई उठाउने जसपाले निर्णय गरेको हो । 

बिहीबार बसेको जसपाको बैठकले रामसहाय यादवलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका सांसद राजकिशोर यादवले जानकारी दिए । 

‘पार्टीले उपराष्ट्रपतिमा रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ,’ उनले भने । 
 


प्रतिक्रिया