`

उपराष्ट्रपति निर्वाचन : खसआर्यबाहेक वा महिलाको मात्र मनोनयन दर्ता गर्न आयोगको निर्देशन

Nepal One HD २६ फागुन २०७९ १३:१८
प्रमुख खबर

काठमाडौं – निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि खसआर्यबाहेकका समुदाय वा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ । 

राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले अब उपराष्ट्रपतिमा खसआर्यबाहेक समुदायका वा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । 

शुक्रबार बसेको आयोगको बैठकले खसआर्य समुदायबाहेक वा महिलाको मात्र     मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । 

३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । 

आयोगले जारी गरेको विज्ञप्ति :


प्रतिक्रिया