अरु पार्टीजस्तो फोहोरी खेलमा लाग्दैन नेकपा एमाले : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको भन्दै आफूहरु त्यसमा सहभागी नहुने बताएका छन् ।
नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले भने, ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं।’
एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने भन्दै आफूहरु म्याराथन दौडमा रहेको उनले बताए।
अध्यक्षक्ष ओलीले एमाले लामो दौडको घोडा भएको उनले बताए । उनले भज्नुभयो, ‘सिल्भर तातेजस्तो हामी तात्दैनौं, यसो ताप पायो तातिहाल्यो, भूईँमा राख्यो एकैछिनमा सेलाइहाल्यो, हामी अर्बौं वर्ष खरबौं वर्ष तातेपछि सूर्य तातेजस्तै जस्तो तात्नु पर्छ, एमाले त्यस्तै हो ।’
ओलीले छिटो पनि नगरी, हतार पनि नगरी, योजनावद्ध ढंगले अघि बढ्नु पर्ने बताए ।