`

प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने

Nepal One HD २८ फागुन २०७९ १२:४६
प्रमुख खबर

काठमाडौं – उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएकी प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने हुनुभएकाे छ । 

आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी सदर गरेपछि यादवले उम्मेदवारी फिर्ता गर्ने हुनुभएकाे हाे । 

रामशाह यादवको उम्मेदवारी संविधान र कानुन विपरीत रहेको भन्दै नेकपा नेकपा एमालेले शनिवार निर्वाचन आयोगमा उजुरी दिएको थियो । 

नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमालेका सांसद महेश बर्तौला लगायतका नेताहरूले यादवविरुद्ध उजुरी दिनुभएकाे थियाे । 

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । निर्वाचन आयोगका प्रमुख आयुत्त दिनेशकुमार थपलियाले पनि उपराष्ट्रपतिमा महिलाकै उम्मेदवारी हुनुपर्ने बताउँदै आउनुभएको थियो । 


प्रतिक्रिया