`

आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेतृत्वसँग भेट

Nepal One HD २८ फागुन २०७९ २१:४४
राजनीति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेटवार्ता गरेकी छिन् । आइतब आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा उनले शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी हुन् ।

उनीसँगको भेटमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका प्रमुखहरू सहभागी रहेका थिए । उक्त सामूहिक भेटघाट र चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी छिन् ।


प्रतिक्रिया