भीम रावलकाे प्रश्न : सरकार जनताको होइन ?
राजनीति
काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले सरकार जनताको होइन भन्दै प्रश्न गरेका छन् ।
उनले सरकारले रासायनिक मलमा दिने अनुदान कटौती गरेकोप्रति प्रश्न गरेका हुन् । सरकारले मलको अनुदान घटाएपछि कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ।
मंगलबार आफ्नो सामाजिक सञ्जाल ट्टिटरमा लेखेका छन्, ‘पूँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ’ नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी, माछा र केराले बजार नपाउने, चिया, अलैँची र अदुवा निर्बाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ?
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
