`

प्रसांईको महाअभियानको केन्द्रीय समिति विघटन, नयाँ कार्यसमिति बनाइने

Nepal One HD ३० फागुन २०७९ १६:३६
प्रमुख खबर

काठमाडौँ – ‘राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को केन्द्रीय समिति विघटन भएको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै महाअभियानका संयोजक रहनुभएका दुर्गा प्रसाईँले नागरिक बचाउ अभियान को केन्द्रीय कार्यसमित विघटन गरिएकाे जानकारी दिनुभयाे । 

‘संयोजक र प्रवक्ता बाहेक सबै केन्द्रीय कमिटी हाललाई विघटन गरिएको ब्यहोरा जानकारी गराउँदछौ । छोटो समयमै यहाँहरूले यस महाअभियानलाई देखाउनुभएको अथाह माया, समर्थन र ऐक्यबद्धताले हाम्रो हौसला झन् मजबुत भएको छ’,प्रसाईँले सामाजिक संजाल पेसबुक पेजमा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रसाईँले अभियानमा जोडिनुभएका सही, इमानदार,कर्मठ अभियान्ताको पहल, समर्थन र सहभागितामा छिट्टै नै महाअभियानको नयाँ केन्द्रीय कमिटी गठन गरिने बताउनुभयो । 


प्रतिक्रिया