नवनिर्वाचित राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीले दिए बधाई

राजनीति
काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिएका छन् । मंगलबार राष्ट्रपति सीले एक सन्देशमार्फत राष्ट्रपति पौडेललाई बधाई दिएका हुन् ।
सन्देशमार्फत नेपाल–चीन हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै शान्तिपूर्ण सहअस्तित्वको राम्रो उदाहरण प्रस्तुत हुँदै आएको उल्लेख गरेका छन्। सन्देशमा उनले दुई देशबीच रहीआएको मित्रता र पारस्परिक सहयोग निरन्तर विकास भइरहेको बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट