लागुऔषधसहित २ जना पक्राउ

NepalOne १ चैत २०७९ १५:३९
अपराध

मोरङ / विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्राम ७८ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ३० वर्षीय जंगमनी मगर समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२७ प ८८९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीको कभरको भित्री भागमा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

रौतहटकाे चन्द्रपुर नगरपालिका-१ स्थित बागमती पुल नजिकै वेवारिसे झोलाबाट करिब ५ केजी अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।


प्रतिक्रिया