`

उपराष्ट्रपति निर्वाचन : ८२९ सांसदले हाले भोट

Nepal One HD ३ चैत २०७९ १५:३१
प्रमुख खबर

काठमाडौँ / उपराष्ट्रपतिको निर्वाचनअन्तर्गतको मतदान कार्यक्रम सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

जम्मा ८२९ सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका हुन् । 

निर्वाचनमा नेकपा(एमाले)बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार हुनुहुन्छ ।


प्रतिक्रिया