एमाले सचेतक बर्तौलाको प्रश्न : ‘यो सरकार कसको हो ? कसको लागि काम गरिरहेको छ ?’

राजनीति

काठमाडौँ – नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार कसको भनी प्रश्न गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले किसानले समयमै मल नपाएको, भूमिहीनले जग्गा नपाएको, युवाले रोजगारी नपाएको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
उनले भने, ‘यो सरकार कसको हो ? यो सरकार कसको लागि काम गरिरहेको छ ?’
रसायनिक मलमा अनुदान कटौती भएकोमा उनले असन्तुष्टि जनाए । ‘किसानहरुलाई एक बोरा मलसमेत समयमै उपलब्ध गराउन नसक्ने सरकारले मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । यो अन्याय कहिलेसम्म भोग्नुपर्ने हो ?’ उनको प्रश्न छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट