`

गठबन्धन सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्छ, त्यसैले अब भत्कदैन – माधव नेपाल

Nepal One HD १० चैत २०७९ २२:३७
राजनीति

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई जनताका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी)को तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताए । विगतमा दुई तिहाईको सरकार पनि वैचारिक मतभेदका कारण जनादेशअनुसार टिक्न नसकेको भन्दै उनले यो गठबन्धनले सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने हुँदा गठबन्धन भत्किने सम्भावना नरहेको बताए ।

उनले आगामी स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जनसङ्गठन विस्तार गर्न निर्देशन दि पनि दिए ।


प्रतिक्रिया