`

लुम्बिनी प्रदेशसभामा  समर्थन फिर्ता लिइनसक्दै नयाँ सरकारका लागि दाबी पेश

Nepal One HD १२ चैत २०७९ १६:०५
प्रमुख खबर

काठमाडौं – नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेश गर्नुभएको छ ।

माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

५४ जना सांसदको समर्थनसहित चौधरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेको प्रदेशसभाको सचिवालयले जनाएको छ ।
विश्वासको मत फिर्ता लिएपछि हालका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिन पाउने समय हुन्छ । उक्त समयका लागि १ महिना बाँकि छदै कांग्रेस चोरबाटोबाट सरकार गठनको तयारीमा लागेको हो । 


प्रतिक्रिया