मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैन, एमाले एक्लैले ५१ प्रतिशत ल्याउछ – ओली

प्रमुख खबर

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन नसक्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।
मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने भन्दै उनले भने “बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।”
समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उनले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताए ।उनले एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह पनि गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट