`

सरकारमा जान आतुर छैनौं – रास्वपा उपसभापति

Nepal One HD १३ चैत २०७९ २२:०९
राजनीति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरेको बताउका छन् ।

चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका लागि चितवनमा रहेका उनले यस्तो बताएका हुन् । उनले रास्वपा सरकारमा जानु समयको माग भएको बताए । उनले सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै सरकारमा जान आतुर भने नभएको बताए ।

उनले भने “सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो । सरकार निर्माणमा हाम्रो आवश्यकता प्रधानमन्त्रीले महसुस गर्नुभएको हुनाले त्यसमा हामी सकारात्मक छौँ”

सरकारमा सहभागी भएको खण्डमा रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुझ्नुपर्ने उनले बताए ।


प्रतिक्रिया