`

कोशी नामकरणविरोधी आन्दोलनको क्रममा झडप हुँदा ६ प्रहरीसहित १४ जना घाइते

Nepal One HD १४ चैत २०७९ १६:३१
प्रमुख खबर

काठमाडाैँ – प्रदेशको नामकरणविरुद्ध विराटनगरमा मंगलबार भएको प्रदर्शनमा झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् । झडपमा परी नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरीका तीन गरी ६ जना प्रहरी घाइते भएका हुन् ।

प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ पनि ८ जना घाइते भएका छन् । यद्यपि, आन्दोलनकारीतर्फ कति घाइते भए भन्ने यकिन विवरण भने आइनसकेको प्रहरीले जानकारी दिएको छ ।

कोशी प्रदेश नामकरणको खारेजीको माग गर्दै विराटनगरमा पहिचान पक्षधरहरूले आन्दोलन चर्काइरहेका छन् । सोही आन्दोलनका क्रममा मंगलबार सुरक्षाकर्मीसँग झडप भएको हो ।

आन्दोलनकारीले घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्यास प्रहार गरेको थियो । केही समय अघिसम्म तनावग्रस्त बनेको विराटनगरको रोडशेष चौक क्षेत्र अहिले भने शान्त भएको छ ।

मुख्यमन्त्री हिक्मत र्कीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा ढुङ्गामुढा भएपछि प्रहरीले हवाइ फायर गरेको छ ।


प्रतिक्रिया