`

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

Nepal One HD १५ चैत २०७९ ८:४२
प्रमुख खबर

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।

संसद सचिवालयका अनुसार आज बस्ने बैठकका २ सम्भावित कार्यसूची रहेका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८र७९) पेस गर्ने रहेकबो छ भने अर्को अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ रहेको छ ।

यस विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस गर्ने छन् ।


प्रतिक्रिया