`

कांग्रेसबाट चार जना मन्त्रीहरुको नाम फाइनल

Nepal One HD १७ चैत २०७९ १३:४०
प्रमुख खबर

काठमाडौँ – नेपाली कांग्रेसले चार जना मन्त्रीहरुको नाम फाइनल गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा कांग्रेसले मन्त्री बन्नेहरुमध्ये ४ जनाको नाम फाइनल गरेको हो । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याएका हुन् ।

जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् । यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्ने भएकी छन् । कांग्रेसले पाउने अरु मन्त्रालयबारे अझै टुंगो लागेको छैन ।


प्रतिक्रिया