रविविरुद्धको रिट सर्वोच्चमा दर्ता, भोलि नै पेशी

प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले सर्वोच्चमा पेश गरेको रिट दर्ता भएको छ ।
लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध पौडेलले आइतबार पेश गरेको रिट सोमबार दर्ता भएको हो । रिटउपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ ।
सफलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो । चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट