`

रविलाई गोकुल बाँस्कोटाको प्रश्न- नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ? सत्तासँग के साटेको ?

Nepal One HD २० चैत २०७९ १६:१९
प्रमुख खबर

चितवन – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले रवि लामिछानेलाई नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ? भन्दै प्रश्न गर्नुभएकाे छ । 

चितवन २ मा एमाले उम्मेदवार राम न्यौपानेको मनोनयनअघि आयोजित सभालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले निष्ठाको राजनीति गर्छु भन्नेले झुटो बोलेको पनि देखियो भन्दै फेरि चुनावको मौका दिएकोमा लामिछानेलाई धन्यवाद दिनुभयाे । 

चितवन २ मा एमालेलाई नजिताउँने हो भने केही समयपछि उही कथा दोहोरिने भन्दै रवि लामिछानेविरुद्धको अर्को मुद्दातर्फ संकेत गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘सबैलाई थाहा भइसक्यो एउटै दल सत्तामा पनि हुन्छ, त्यही दल प्रतिपक्षमा पनि हुन्छ । त्यही दल एउटा सरकार बन्दा पनि हुन्छ, त्यही दल अर्को बन्दा पनि हुन्छ । निष्ठाको राजनीति गर्छु भन्नेहरूले झुट बोलेको पनि देखियो, थ्याङ्क्यु त्यही भएर पाँच महिनामै पुनः परीक्षण हुन पर्‍यो । अब प्रश्न गर्नुपर्छ सत्तासँग के साटेको ? के को लागि के साटेको ? केसित के साटेको त्यही भएर सत्तासँग टाँसिएको ? आँट रहेछ ? हिम्मत रहेछ ? त्यसैले चर्का कुराको काम छैन ।’

​​​​​​​


प्रतिक्रिया