`

एकल आमाका सन्तानको जन्म दर्तामा मावलीको थर राख्ने निर्णयप्रति बाबुरामको असन्तुष्टि

Nepal One HD २४ चैत २०७९ १३:५२
प्रमुख खबर

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने सरकारको निर्देशनलाई लिएर असन्तुष्टि ब्यत्त गरेका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै भट्टराईले सरकारले सबै स्थानीय तहलाई जारी गरेको परिपत्रलाई लज्जास्पद रहेको बताएका हुन् ।

‘एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी राज्यका तर्फबाट कसैले दिएको सत्य हो भने २१औं शताब्दीमा यो भन्दा लज्जास्पद कुरा अरू केही हुनसक्दैन,’उनले भने ।

जन्मदिने आमा सबैभन्दा ठूलो पहिचान र प्रमाण भएको उल्लेख गर्दै उनले आमाले राखेको थर नै राख्न दिनु उपयुक्त हुने बताए ।

‘जन्म दिने आमा भन्दा ठूलो पहिचान र प्रमाण अरू केही हुन्छ र ? अनि आमाको वा आमाले राखेको थर किन नभन्ने ? बरू थर नै किन चाहिन्छ र ? ’,उनले लेखेका छन् ।


प्रतिक्रिया