अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनायो : अध्यक्ष ओली
प्रमुख खबर
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनाएको बताएका छन् ।
आइतबार धादिङको रुवी भ्यालीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेको सरकार नबनेसम्म देश नबन्ने र अर्थतन्त्र नसुध्रने दाबी गरेका छन् ।
उनले भने, ‘बहुमत नहुनु बेग्लै कुरा हो । तर, अहिले पनि संसद र सबै प्रदेशमा बलियो पार्टी एमाले नै हो । त्यसैले अर्को निर्वाचनमा हामी सबै मिल्दा पनि एक्लै बहुमत आउने गरी काम गर्नुपर्छ । त्यसैले मिसन ग्रासरुट अभियान चलाएका छौं ।’
अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनाएकाले धेरै विकासको बजेट आउने अपेक्षा गर्न नसकिने बताए । एमाले सिध्याउने षड्यन्त्रका साथ घेराबन्दी हुँदा समेत पहिलो पार्टी बनेको जिकिर गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
