`

कर्णाली सरकारबाट बाहिरियो एमाले

Nepal One HD २६ चैत २०७९ १७:३८
प्रमुख खबर

सुर्खेत – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका छन् ।


प्रतिक्रिया