`

नेता वर्षमान पुनको आमामाथि गोली प्रहार

Nepal One HD २ वैशाख २०८० ९:१३
प्रमुख खबर

काठमाडौं – माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार राति साढे ९ बजे गोली चलेको छ ।

गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ ।

ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया