नेकपा एसले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईंलाई पठाउने
प्रमुख खबर
काठमाडौँ – नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा पठाउने निणर्य लिएको छ ।
नेकपा एसले राष्ट्रिय सभा सदस्य नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा पठाउन लागेको हो । चपाईंलाई आजै शपथ गराउनेगरी सरकारमा पठाउन लागेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा यससअघि नै सोही पार्टीका प्रकाश ज्वाला मन्त्री छन् । प्रधानमन्त्रीले आठौं पटक आज मन्त्रीपरिषद् विस्तार गर्दा कांग्रेसका एनपी साउद पनि परराष्ट्र मन्त्रीका रूपमा आजै शपथ लिँदैछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
