`

नेकपा एसले पायाे थप एक राज्यमन्त्री नन्दा चपाईले लिइन् शपथ

Nepal One HD ३ वैशाख २०८० १५:५२
प्रमुख खबर

काठमाडौं – दुई मन्त्रीसहित सरकारमा रहेको दल नेकपा (एकीकृत समाजवादी) ले थप एक राज्यमन्त्री पाएको छ । 

एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी हुन् । 

उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला भौतिक पूर्वाधार र बेदुराम भुसाल कृषिमन्त्री छन् ।

आजै नेपाली कांग्रेसका नेता एनपी साउदले परराष्ट्रमन्त्रीको शपथ लिएका छन् ।


प्रतिक्रिया