`

बारा–२ मा सर्वदलीय बैठक जारी

Nepal One HD ११ वैशाख २०८० ९:३१
राजनीति

बारा  – आइतबार हुन नसकेको बारा–२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ । 

हावाहुरी बतासका कारण आइतबार बैठक हुन सकेको थिएन । आइतबार हुन नसकेको बैठक आज सुरु भएको हो ।

जारी सर्वदलीय सर्वदलीय बैठकमा सहमति कायम गरेर एक छिनमा मतगणना सुरु गर्ने तयारी गरिएको छ । 

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिए लगत्तै मत गणना सुरु हुनेछ ।

बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् । 


प्रतिक्रिया